पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना संक्रमण पुष्टि : २ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन ११

पछिल्लो २४ घण्टामा देशभर ३१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा ९११ जना निको भएका छन् । 
यसैगरी पछिल्लो २ जनामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । 

यसैबीच काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षण मध्य औसत संक्रमण दर ५ प्रतिशत रहेको मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङमा जानकारी दिइयो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *