
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोचेजस्तो मत नखसेको बताएका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मत खसेको बताए। जुन आयोगले सोचेभन्दा कम रहेको उनको भनाइ छ।
‘विवरण आउने क्रम अहिले पनि जारी छ। हालसम्म प्राप्त विवरणअनुसार ६१ प्रतिशत मतदान भएको देखिन्छ। सम्पूर्ण विवरण आएपछि यो केही प्रतिशत बढ्न सक्छ। तर यो हाम्रो अपेक्षाभन्दा कम हो,’ पत्रकार सम्मेलनमा उनले भने।
उनले सुर्खेत, नवलपरासी, बाजुरा र गुल्मीका १५ स्थानमा मतदान रोकिएको बताए। सामान्य विवादपछि स्थगित भएको ती स्थानहरुमा सर्वदलीय छलफलबाट पनि पुनः मतदान गर्न नसकिएको उनको भनाइ छ। ती स्थानहरुमा दुई दिनभित्रै मतदा गराउन निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया