×

निर्वाचन आयोग र सभामुखविरुद्ध एमाले सर्वोच्च जाँदै

भदौ १६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

एमालेले कारवाही गरेका १४ सांसदहरुलाई पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै सभामुखविरुद्ध र ती सांसदहरुलाई विभाजित एमालेबाट नयाँ दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गराएको भन्दै आयोगविरुद्ध सर्वाेच्च जाने तयारी भएको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्ध सर्वोच्च अदालत जान लागेको पुष्टि गरे।

यसअघि पनि अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्ध पटकपटक आक्रामक अभिव्यक्ति दिदै कानूनी उपचारमा जाने बताएका थिए ।

हिजोमात्रै अध्यक्ष ओलीले सभामुख सापकोटा राजमार्ग छोडेर भिर कान्लाको बाटोमा हिडेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: