सोमबार कति छ सुनचाँदीको भाउ ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३२

काठमाडौं । अघिल्लो साता तिव्र रुपमा गिरावट आएको सुनको भाउ यो साताको दोस्रो दिन सामान्य रुपमा घटेको छ ।

आइतवार एक हजार रुपैयाले बढेको सुनको भाउ आज एक सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार एकैदिन अधिकतम एक हजार रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको हो ।

यस्तै, गत आइतबार प्रतितोला २० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँ पुगेको चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ । यता तेजाबी सुनको मूल्य भने गत आइतबारको मूल्य एक सय रुपैयाँले घट्दै सोमबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *