गिनीज बुक अफ वल्र्डमा नाम लेखाउन सफल टिमलाई सम्मान

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २९

काठमाडौं । सोलुखुम्बुको ‘गोक्यो री’ मा छायाङकन गरिएको आधुनिक गीतमा संसारको सबैभन्दा अग्लो ठाउँमा चार हजार आठ सय १३ मिटरको उचामा अडियो तथा छायाङकन गरेर गिनीज बुक अफ वल्र्डमा नाम लेखाउन सफल नेपाली टिमलाई आज सम्मान गरिएको छ ।

पाँचजनाको टिमको सहकार्यमा बनेको गीतलाई गिनीज बुक अफ वल्र्डमा नाम खेलाइएको छ । पुष्कर नेपाल, सञ्जु बहादुर राई, राजन खरेल, लक्ष्मण कार्की र पावल राई रेकिर्डङ टिमसँगै अरु गरेर १७ जनाको टिमको गीतमा सहकार्य रहेको थियो ।

आज चाबहिलमा अवस्थित हिमाल एफएमको कार्यालयमा गरिएको सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, क्लवका अध्यक्ष तथा पत्रकार ऋषि धमला , सोलुखुम्बुको हिमाल एफएमका अध्यक्ष र सांसद् हेम कुमार राईलगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *