पत्नीलाई धारिलो हतियार प्रहार गरि पतिले झुण्डिएर गरे आत्महत्या

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २४

झापा – झापाको गौरीगञ्चमा एक व्यक्तीले पत्नीलाई आक्रमण गरि रगताम्य बनाएको केहीबेरमा उनले आत्महत्या गरेका छन्। झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन्।

गएराति ३० बर्षिय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेका हुन्।

राति २६ वर्षिया पत्नी राजकुमारी ताजपुरियासँग झगडा भएको र झगडाकै क्रममा उनले धारिलो हतियारले पत्नीको शरीरमा रोपेका थिए। श्रीमती रगताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन्।

राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार संभव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए।

जगतबहादुरको शवलाई राति नै पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *