सभामा रूपा सुनारकाे विषय उठ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २४

काठमाडौं– सांसद राधेश्याम पासवानले राष्ट्रिय सभामै अनसन बस्ने चेतावनी दिएका छन्। पासवानले जातीय छुवाछुत तथा विभेदको घटनामा रुपा सुनारले न्याय नपाए राष्ट्रिय सभामै अनसन बस्ने चेतावनी दिएका हुन्।बुधबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले दलित भएकै कारण रुपालाई कोठा भाडामा नदिने घरभेटीलाई छुटाउन सरकारका मन्त्री नै संगग्न हुन आपत्तिजनक भएको बताए।‘यो रुपा सुनारको मात्र विषय होइन । समस्या दलितको मुद्दा हो । मन्त्री नै सरकारी गाडी लिएर जान मिल्छ? यसलाई गम्भीर रुपमा लिनुपर्छ,’ बुधबारको बैठकमा बोल्दै पासवानले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *