छुवाछुतविरुद्ध रुपन्देहीमा शान्ति समाजको प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ७

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस अवसरमा आज तिलोत्तमामा प्रदर्शन गरेको छ । समाजले तिलोत्तमा नगरपालिका–३ योगिकुटी चोकमा प्ले कार्डसहित आधा घण्टा प्रदर्शन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले नगरमा छुवाछुतका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने रणनीतिमा नगरपालिका लागेको बताए । त्यस्तै विनोद पहाडीले अझै पनि जातीय विभेद तथा छुवाछूतका घटना बाहिर आउनु दुखद रहेको बताए । शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले छुवाछुतको कानुनमा हटेका वर्षे भए पनि अझै  समाजमा छुवाछुत रहेकोले रोक्नु सबैको दायित्व रहेको बताए । 

समाजका सभापति खिमप्रसाद भट्टराई अध्यक्षताका भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल,राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष विनोद परियार लगायत बोलेका थिए प्रदर्शनमा अधिकारकर्मी,अभियन्ता ,सरोकारवाला तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *