×

छैटौँपटक मन्त्री बन्दै मनाङे

जेष्ठ २९, २०८१ | दाक्सु मिडिया

काठमाडाैं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सोमबार विश्वासको मत पाएका पाण्डेले आज सांसदद्वय फणीन्द्र देवकोटा र दिपक मनाङे (राजीव गुरुङ)लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
उनीहरूलाई आजै शपथ गराउने तयारी छ । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । सर्वोच्चको आदेशले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेले सोमबार सदनबाट ३१ सांसदको समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए ।देवकोटाले सोमबार फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएका थिए ।
माओवादी केन्द्रले देवकोटालाई आफ्नो दलको ह्विप लाग्ने दाबी गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । तर, देवकोटा आफू नेसपाको सांसद रहेको र पार्टीकै निर्देशनअनुसार अगाडि बढेको बताएका छन् । स्वतन्त्र सांसद मनाङे छैटौँपटक मन्त्री बन्दै छन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मात्रै उनी दुईपटक मन्त्री बनिसकेका छन् ।
मनाङे पहिलो पटक २०७८ वैशाख १६ गते मन्त्री बनेका थिए । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: