टिकटकले गर्दा ११ सरकारी कर्मचारीको जागिर गयो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १२

नेपालमा टिकटक एकदमै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको छ । टिकटकका फाइदा सँगै बेफा,इदा पनि धेरै छन् । टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक ।
अहिलेका युवा पुस्तामा टिकटकको क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाजहरुमा नक्कल गर्न सक्छौँ । बच्चा देखि लिएर बुढापाकाहरु समेत यस एपको ल,तमा परेका छन् । हामीले आज यही एपले गर्दा घटेको एक रोचक कुरा गर्न गइरहेका छौ । यो घ,टना हो भारतको ।
अहिले त भारतमा टिकटक बन्द भै सकेको छ । चाइनासँग वि,वाद पछि चाइनिज एप भन्दै भारतले टिकटक बन्द गरेको हो । तर बन्द हुनु अघि भारतको तेलंगाना खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएर समय बिताएको भन्दै तलब कटौती गर्ने तथा सरुवा गरेर नदिने तथा जागिरबाट निकाल्लेसम्मको का,रवाही गरेको छ ।
करारमा भर्ना गरिएका ११ जना महिला र पुरुष कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका हुन् । कार्यालय समयमा पनि टिकटक भिडियो रेकर्ड गरिरहेको बेला उनीहरु पटक पटक फेला परेका थिए ।
यती मात्र नभएर उनीहरुले बनाएको भिडियो सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समाचार बनेको थियो । यसरी कार्यालय समयमा भिडियो बनाएर कार्यालयको बेइज्जत गरेको बताउदै उनीहरुलाई सो सजाए सुनाइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *