उद्धारको आसमा रहेका ४ जनालाई बाढीले बगायो (भिडियो )

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १२

ललितपुर : ललितपुर महानगरपालिका-१४ स्थित कान्तिपुर कोलोनिमा शनिबार बिहान करिब ९:१५ बजे नख्खु खोलामा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन्।

बेपत्ता भएकाहरूमा एक महिला, दुई पुरुष, र एक बच्चा रहेका प्रहरीले जनाएको छ। घटनास्थलमा उद्दारकर्मीहरूको टोली परिचालन भइसकेको छ। उनीहरुको खोजी जारी छ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उद्धारको आसमा रहेका ती व्यक्तिहरूलाई नख्खु खोलाको जलस्तर एक्कासि बढेपछि बगाएको हो। उनीहरू कोलोनिको नजिकै रहेको एक घरको छतमा फसेको अवस्थामा बाढीले बगाएको बताइएको छ। बाढीको वेग अत्यन्तै तीव्र रहेकोले उनीहरूलाई बगाएर बेपत्ता गराएको छ।

सुरक्षा निकायले घटनाको तुरुन्तै जानकारी पाएर उद्धार कार्य अघि बढाएको भए पनि पानीको उच्च वेग र सतहले गर्दा खोजी कार्यमा चुनौती आएको छ।

भिडियो  फेसबुक  Jeevan Pokhrel  बाट साभार

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fjpokhrel%2Fvideos%2F1325640775081440%2F&show_text=false&width=267&t=0

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *