×

देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

जेष्ठ ३१, २०७८ | दाक्सु मिडिया

३१ जेठ, काठमाडौं । आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखालको अनुसार नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको छ ।

महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश–१, प्रदेश–२, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश–२, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसै कारण मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: