सोलुखुम्बुका स्थानीय तहलाई २ अर्ब २८ करोड २३ लाख बजेट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १६

शनिबार (जेठ १५) मा सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट पेश गरेको थियो । त्यसमध्ये सोलुखुम्बुका स्थानीय तहले वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा २ अर्ब २८ करोड २३ लाख बजेट प्राप्त गर्नेछन् ।

जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले ४४ करोड ९० लाख बजेट प्राप्त गर्नेछ ।

७ गाउँपालिका मध्ये थुलुङ दुधकोशी गाउँपालिकाले सबैभन्दा बढि ३६ करोड ८९ लाख बजेट प्राप्त गर्ने छ भने सबैभन्दा कम बजेट लिखुपिके गाउँपालिकाले १७ करोड ७१ लख प्राप्त गर्नेछ ।

माप्य दुधकोशी गाउँपालिकाले २७ करोड ९० लाख प्राप्त गर्दा नेचासल्यान गाउँपालिकाले ३५ करोड बजेट , सोताङ गाउँपालिकाले २३ करोड ८२ लाख, महाकुलुङ गाउँपालिकाले २१ करोड ४८ लाख र खुम्बु पासाङल्हामू गाउँपालिकाले २० करोड ५३ लाख बजेट प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *