×

एक साता थपियो निषेधाज्ञा

जेष्ठ ११, २०७८ | दाक्सु मिडिया

११ जेठ, काठमाडौं । कोरोनाको दोस्रो प्रकोप बढे सङ्गै उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले थप एक साता कडा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधिभर बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइने भएतापनि किराना पसल, डिपार्टमेन्टल स्टोर चाहिं बन्द गर्ने निर्णय भएको छ।

सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनको हकमा पनि कडाइ गरिएको छ । ती क्षेत्रका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने जनाइएको छ।

विवाहमा ७ जना मात्र जम्मा हुन पाउने र निर्माणका सबै कार्यमा पनि प्रशासनद्वारा एक साताका लागि रोक लगाउने निर्णय गरिएको छ । । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालय द्वारा जारी गरिएको सूचना

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: