|
२०७८ जेष्ठ १
इस्लामाबाद । शुक्रबार बेलुकी पाकिस्तानको पन्जाब प्रान्तमा अवस्थित नहरमा यात्रीवाहक भ्यान खस्दा एकै परिवारका ११ जनाले ज्यान गुमाएका छन्।
अधिकारीहरुले जनाए अनुसार देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना घटेको हो। मृत्यु भएका ११ जनामध्ये तीन महिला, सातजना बालबालिका र एक पुरुष रहेका छन् ।
प्रहरीका अनुसार यस परिवारका सदस्यहरु पन्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किँदै थिए ।
नहरको बाटोमा तीव्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्