×

निषेधाज्ञामा प्रहरी कारबाही,काठमाडौं उपत्यकामा बिनापास चलाएका ४ सय ११ सवारीसाधन होल्डमा

बैशाख १६, २०७८ | दाक्सु मिडिया

काठमाडौं । कोरोना संक्रमणको गतिलाई कमि गर्न भन्दै सरकारले आजदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

यस समयमा अनुमति प्राप्तबाहेकका निजी तथा सार्वजनिक सवारी साधान चलाउन निषेध गरिएको छ ।निजी तथा सार्वजनिक सवारी साधान अनुमति प्राप्तबाहेक चलाउन रोक लगाइएको छ ।

आज बिहानैदेखि ट्राफिकसहितका सुरक्षाकर्मीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानमा परिचालित भएका छन्। काठमाडौंको बिभिन्न क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गर्दै चलाइएका सवारी साधानहरुमाथि ट्राफिक प्रहरीले कडाई का साथ कारबाही गरेको छ ।

जसअनुसार निषेधाज्ञाको उल्लंघन गरेको भन्दै ट्राफिकले बल्खुदेखि एकान्तकुनासम्मको क्षेत्रमा गाडी र मोटरसाइकल गरी सयभन्दा बढी सवारी साधान ट्राफिकले होल्डमा राखेको छ।काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्ड गरिएको छ । यसरी होल्डमा राखिएका सवारी साधानहरुलाई आजै बेलुका ७ बजेपछि छाडिने ट्राफिक प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: