पत्रकार महासंघ निर्वाचनः केन्द्र, प्रदेशलगायत जिल्ला तहमा आज निर्वाचन हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २५

काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ । देशभरका संचारकर्मीहरुको साझा संस्था नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि आज हुने निर्वाचनबाथट केन्द्रीय समिति, १० वटा प्रदेश समिति, सबै जिल्ला र ४० वटा प्रतिष्ठानमा नयाँ पदाधिकारी निर्वाचित हुनेछन् ।

देशभरका मतदानस्थलमा बिहान ८ बजेदेखि ४ बजेसम्मका लागि मतदानको समय ताेकिएको जनाइएको छ । काठमाडाैंमा भने प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुने जनाइएको छ ।

लोकतान्त्रिक, प्रगतिशिल, समावेसी, श्रमजीवी पत्रकारहरुको संयुक्त प्यानलको साझा उम्मेदवारहरुको नेतृत्व गरेका बिपुल पोखरेल अध्यक्षका प्रत्यासी भएका छन् भने अर्को समूहमा निर्मला शर्मा समूह मैदानमा उत्रिएको छ । त्यस्तै अध्यक्ष पदका लागि गजेन्द्र बुढाथोकी पनि मैदानमा रहेका छन् ।

त्यस्तै उपत्यका प्रदेश विपुल पोखरेल नेतृत्वको प्यानलबाट उपत्यका प्रदेश समिति अध्यक्षमा सृजन झा, उपाध्यक्षमा बीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोक्का (टेनिस), सचिव (खुल्ला) रोशनराज पाण्डे, सचिव (समावेसी) अमर भुजु र कोषाध्यक्ष अर्जुन पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै अर्को पक्षमा रामचन्द्र खड्का प्यानल चुनावी मैदानमा छन् ।

यसैबीच प्रतिष्ठान अध्यक्षमा बालकृष्ण अधिकारी, खुल्ला उपाध्यक्षमा वीरेन्द्र ओली, महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, महासचिवमा रामकुमार शाही, खुल्ला सचिव नरेन्द्र मानन्धर, समावेसी सचिव पार्वती खड्का, कोषाध्यक्ष केशवप्रसाद बोहोरा उम्मेदवार बनेका छन् ।

त्यस्तै देशकै सबैभन्दा धेरै सदस्य रहेको काठमाडौं जिल्लामा सूर्य सुवेदी र मोहन पन्तले उम्मेदवारी दिएका छन् ।

कतिपय जिल्लाहरुमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महासंघको निर्वाचनमा भक्तपुर जिल्ला समितिको अध्यक्षमा जगत प्रजापति, इमेज च्यानल प्रतिष्ठानको अध्यक्षमा शंकर खनाल, कान्तिपुर पव्लिकेसन्सको अध्यक्षमा अनिल गिरी, नेपाल वाणी प्रतिष्ठानको अध्यक्षमा माधव धिताल, स्याङ्जा जिल्ला समिति अध्यक्षमा श्रीकृष्ण सिग्देलसहितको प्यानल सर्वसम्मतले विजय भइसकेको छ ।

त्यस्तै,कान्तिपुर टिभी प्रतिष्ठानमा नवराज पाण्डे, नवलपुर जिल्ला शाखमा बीरेन्द्र पराजुली, बागलुङ शाखामा नरेश कँडेल, हिमालय टाइम्स प्रतिष्ठान, मनाङ जिल्ला शाखाको अध्यक्षमा समेत विपुल प्यानलका अध्यक्ष र उनीहरुकै प्यानल सर्बसम्मतले विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *