×

डाक्टरको लापरबाहीले बिरामीको पेटमै छुट्यो कपडा,पिडित मिडियामा(भिडियोसहित)

चैत्र २२, २०७७ | दाक्सु मिडिया

काठमाडौँ-सोलुखुम्बुको फाप्लु अस्पताल डाक्टर र नर्सको गल्तीले आज यी महिलाले पिडा भोगिरहनु परेको छ । डाक्टरको लापरबाहीले गर्दा गोमा बिश्वकर्मले यसरी पिडा भोग्नु परेको उनले बताएकी छिन । उनको गत जेष्ठ ७ गते डेलिभरीको अपरेसन गर्दा कपडा पेट भित्रै छोडेर उनको पेट सिलाएपछी उनले अहिले पिडा भोग्नु परेको छ ।

डाक्टर दिलीपकुमार शाहको लापरबाहीले गर्दा यसरी एउटा महिलाले पिडा भोग्नु परेको पिडित महिला र उनको श्रीमानले बाताएका छन । उनको पेटमा रहेको कपडा ७ महिनापछी काठमाडौं आएर पेट भित्रको क’लपडा निकालिएको थियो ।

यस लापरबाहीको केस लिएर अस्पताल जादा उल्टै उनीहरुलाइ गालीगलौज गरेर धम्की समेत दिएको बताएका छन । पिडित महिलाको भनाइ अनुसार अप्रेशन परेको ३ दिनपछी उनको होस् आएको बताएकी छिन । त्यसपछी अस्पतालले उनलाई त्यस्तो बिरामी हुदा हुदै पनि उनलाई डिस्चार्ज गरेको थियो ।

उनलाई झन् झन् गाह्रो भएपछी काठमाडौँ आएर भिडियो एक्सरे गरेपछि पेट भित्र कपडा रहेको देखिएको थियो । यस ७ महिनाको अवधिमा धेरै पिडा सहेको उनि बताउछिन । हेर्नुस् भिडियो:https://youtu.be/79qsrtRLYRo

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: