×

ओखलढुंगा: डिजेल खन्याएर आत्मदाह

भदौ १५, २०७८ | दाक्सु मिडिया सम्वाददाता

ओखलढुंगा। सिद्धिचरण नगरपालिका-७ कि एक महिलाले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी छन् । ४० बर्षीया मिना कुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएपछि आगो लगाएर आत्महत्या गरेकी हुन् ।

सोमबार बिहान घरदेखि करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
ती महिलाले घरमा भएको प्रज्वलनशील पदार्थ डिजेल शरीरमा खन्याएपछि आगो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।  

महिलाले आत्महत्या गरेको ठाउँमा डिजेल प्रयोग गरिएका बोतल र सानो झोला फेला परेको छ । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।

ती महिला केही समयअघि कोरोना संक्रमित भएर निको भएकी थिइन् । उनका नाबालक दुई छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: