×

भेरी नदीमा एक अपरिचित महिलाले हामफालिन्, मोबाइल, कपडा, चेक किनारमै

भदौ ३१, २०७८ | दाक्सु मिडिया सम्वाददाता

सुर्खेत – भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् । 

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’ 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । 

नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: