४ असार, काठमाडौं । नेपाली काँग्रेस माप्य दूधकोशी गाउँपालिका ७ ले २२ परिवारलाई राहत वितरण गरेको छ । उक्त राहत सोलु काठमाडौं सम्पर्क समितिका उपसभापति चन्द्र खलिङको संयोजकत्त्वमा वितरण गरिएको हो।
राहत कोष कुनै सरकारी या पार्टीको कोषबाट नभाई सिङ्गो पार्टीको नाममा व्यतिगत साहभागिता र सहकारीमा जम्मा गरि वितरण गरिएको जनाइएको छ। आजको राहत वितरण सफल पर्यटन व्यवसायी प्रेमि साङ्ग बहादुर राई, पर्यटन व्यवसायी तथा समाजप्रेमि राम प्रसाद मगरका साथै समाजसेवी चन्द्र खालिङको ब्यक्तिगत लगानिमा गरिएको हो।
पटक पटक गरी माप्य दुधकोशी गाउँपालिकाका दुई सय पिडित परिवारलाई राहत वितरण गरिसकिएको र आझै पनि ५० परिवारलाई वितरण गर्ने तयारी भइरहेको बताइएको छ।
कोरोना सङ्क्रमणको दोस्रो लहर बढे सङ्गै आम नागरिकको जीवन अस्तब्यस्त बनेको छ। लामो समयको निषेधाज्ञाका कारण घरभित्रै बसि रोग र भोक सङ्ग लड्नु पर्ने बाध्यता जनताले भोगि रहेका छन्। यस्तो कठिन परिस्थितिमा नागरिक बचाउ अभियान सहित विभिन्न विधाबाट राहत वितरण गर्दै आइरहेको छ।
संयोजक चन्द्र खालिङलको नेतृत्व तथा स्विजरल्याण्ड बसोबास गर्दै आइरहेका समाजप्रेमि प्रश्न खालिङको साजेदारिमा साङ्ग खालिङ, राम प्रसाद मगर, उत्र खालिङ, ढाल बहादुर मगर, नविन कार्की, छोलेन्द्र कार्की, बिनोद खालिङ, भिम रदैलि, दिप थापा मगर, युवराज घिमिरे लगायत आर्थिक सङ्कलनमा धेरै ब्यक्तित्वहरुको सहभागिता रहेको छ।
कुशल पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले नेपाल अधिराज्यभरिकै पिडित नागरिकहरुलाई हजारौंको सङ्ख्यामा राहत वितरण गर्दै आउनुभएको छ। यसैगरी सोलु काठमाडौं सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतको नेतृत्वमा जिल्ला बाहिरका अति पिडित परिवारहरुलाई पनि राहत वितरण गरिएको छ।
राहत वितरणका केहि तस्विरहरु
फेसबुकबाट तपाईको प्रतिक्रिया