आजको मौसम के -कस्तो रहेको छ?मौसम विवरण

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २३

काठमाडौं– मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

आगामी मंगलबारसम्म नै पहाडी भेगमा वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *