आजको मौसम:केही स्थानमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २९

काठमाडौँ -मुलुकभर पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भेगका थोरै हल्का वर्षा भएको छ । अहिले पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्चपहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

आइतबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *