इण्डियन प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदै:पहिलो खेलमा मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र २७

काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेट आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन्। खेल चेन्नेईमा राति पौने ८ बजेपछि सुरु हुनेछ। 

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन्। रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरु भएका टिम मानिन्छ।

५२ दिन चल्ने प्रतियोगिताको फाइनल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ। आइपिएलको सबै खेल ६ सहरहरुमा हुने जनाइएको छ। जसमा अहमदाबाद, बैंगलोर, चेन्नई, दिल्ली, मुम्बई र कोलकातामा हुने छ।

सबै टिमबीच ५२ दिन चल्ने प्रतिस्पर्धामा ६० खेल हुने जनाइएको छ। फाइनल तथा प्ले अफको खेलहरु अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुने जनाइएको छ।

लिग चरणमा ५६ खेल मध्ये चेन्नई, मुम्बई, कोलकाता र बैंगलोरमा समान १०–१० खेल खेलाइने छ। जबकि  दिल्ली र अहमदाबादमा समान ८–८ खेल खेलाइने छ।

प्रतियोगिताको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय मैदानमा हुने छ। भारतमा बढ्दै गएको कोरोना महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *