होटलबाट हाम फालेर महिलाले गरिन आत्महत्या

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ११

जनकपुरधाम – जनकपुरधाममा होटलको पाँचौं तलाबाट हाम फालेर एक महिला आत्महत्या गरेकी छन् । मंगलबार राति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

म्याग्दीको तत्कालीन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौं तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान् विश्वास सिर्पालीसँगै उनी दुईदिन अगाडि नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए । विश्वास ११ दिनअगाडि मात्र विदेशबाट आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *