बुद्धि तामाङ र सिर्जना सुब्बाको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १३

काठमाडौं – नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ ।

यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदिको अभिनय रहेकोछ ।

लक्ष्मण लिङथेपको शब्द र खगेन्द्र पन्धाक लिम्बूको संगीतमा तयार भएको गीतमा कुशल थलङको स्वर सुन्न सकिन्छ ।
छायांकन युवराज राइले गरेका छन् भने गीतको कोरियोग्राफी दिनेश माङमुले गरेका हुन् ।

रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् । मौसम लिम्बुले निर्देशन गरेको उक्त फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।
यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

३१ औँ बैबाहिक बार्षिक उत्सब संगै रोमियो फिल्मस् प्रा.लि को अफिस पनि अनामनगरमा उद्घाटन भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *