आगामी तीन दिनको मौसम पुवानुमान : वर्षाको सम्भावना कति ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २१

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा बुधबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ।

आज (बुधबार) राति पनि देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।

अहिले बिहान देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

भोलि (बिहीबार) देखि शनिबारसम्म देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने जानकारी पनि मौसमविदले दिएका छन्।

बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपातको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताइन्।

मौसमविदका अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी सुरु हुनेछ। हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन्।

प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *