मौसम : आज उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ १२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहि बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक ÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *