काठमाडौँ – आज (बुधबार) देखी ट्राफिक नियम उल्लंघनको जरिमाना तिर्न बैंकको लाइन बस्नुपर्ने झन्झट सकिएको छ । आजदेखी ट्राफि नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने व्यवस्था गरिएको छ ।
सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ ।
महाशाखाले बुधबार अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया