काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली समुहकी केन्द्रिय सदस्य तथा विघटित संघिय संसदका सांसद निरु पालले संघियता समेत विघटन गर्नुपर्ने बताएकी छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो गर्ने आँट गर्न अनुरोध गरेकी छन्। प्रधानमन्त्री ओलीसंग ब्यक्तिगत रुपमा पनि निकट सम्बन्ध रहेकी निरु पालले प्रधानमन्त्री ओलीलाई संघियता खारेज गर्न सुझाव दिएकी छन्।
निरुले प्रधानमन्त्री ओलीलाई बुवा सम्बोधिन गर्छिन। पारिवारिक सम्बन्ध रहेकी निरुले प्रधानमन्त्री ज्यू संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचनमा जाने आँट गर्नुस् भन्दै सुझाव दिएकी छन्। उनले सामाजिक सञ्जाल फेसवुकमा एक स्टटास लेख्दै प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेकी छन्।
निरु फेसवुकमा लेख्छिन्, सम्माननिय प्रधानमन्त्री ज्यु आँट गर्नुस संघियता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ केन्द्र को मन्त्रीमण्डल बढिमा १५ सदस्यीय र भ्रष्टाचारी लाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस नेपाली जनताको मनमस्तीस्कमा सधै बस्नुहुनेछ। मेरो ब्यक्तिगत बिचार।
निरुले लेखेको यस्तो अभिब्यक्तिमा मिश्रित प्रतिकृया आएका छन् ल। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेसंगै नेपाल कम्युनिष्ट पार्टी नेकपा अनौपचारीक रुपमा विभाजन भएको।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समुह प्रधानमन्त्री ओलीले सो कदमको विरोध गर्दै सडकमा उत्रिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया