काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गर्दै सन्तानको लाभका लागि मात्र राजनीति गरेको आरोपप्रति भरतपुर महानगरकी प्रमुख रेणु दाहालले प्रतिक्रिया जनाएकी छन्।
विहीबार पनि प्रधानमन्त्री ओलीले प्रेस संगठनको दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा कटाक्ष गरेको समाचार आएपछि प्रतिक्रिया जनाउँदै प्रचण्डपुत्री दाहालले भनेकी छन्,‘हामीमाथि केपी ओलीबाट छोराछोरीको नाममा पटक–पटक राजनीतिक हिंसा भएको छ। मेरो घोर आपत्ति छ।’
प्रधानमन्त्री ओलीले प्रचण्डले राजनीति गरी मतपत्र च्याती छोरीलाई मेयर जिताएको, ज्वाँईका लागि घर बनाइदिएकोलगायतका आरोप लगाएका थिए। सोही सन्दर्भप्रति आपत्ति जनाएकी रेणु दाहाल अगाडि लेख्छिन्,‘जीवनभरी व्यक्तिगत लाभ त्यागी जनताको हितमा लागियो, सेवामा समर्पित हुनु कमजोरी हो?’
केपी ओलीका सन्तान छैनन् भनेर प्रचण्डले गरेको टिप्पणीका विषयमा कटाक्ष गर्दै भनेका थिए,‘ प्रधानमन्त्री ओलीले युद्धमा घाइते पूर्वलडाकुका परिवार छन् छैनन्? तिनका खुट्टाचाहिँ काठका हुन्? यी देशका सबै बालबालिका युवा मेरा सन्तान हुन्।’
सो क्रममा परिवारवादमा मात्र प्रचण्ड सक्रिय भएको बताएकोप्रति रेणु दाहालले अगाडि थपेकी छन्,‘तपाईँले जन्माएका छोराछोरी छैनन् भन्दैमा फेरि तपाईका आसेपासे र साइबर सेनालाई भन्दा बढ्ता के गर्नु भएको छ? अति भो महाराज!’
फेसबुकबाट तपाईको प्रतिक्रिया