|
२०८३ आश्विन ९
काठमाडौं । लगातारको वर्षा र मौसम धुम्म हुँदा देशका विभिन्न गन्तव्यतर्फका हवाई उडान प्रभावित भएका छन्। कम भिजिबिलिटीका कारण केही उडान ढिला भएका छन् भने केही सञ्चालन हुन सकेका छैनन्।
बुद्ध एयरका अनुसार पोखरा, भरतपुर र तुम्लिङटारतर्फको उडानमा मौसमले असर गरेको छ। प्रतिकूल अवस्थाका कारण माउन्टेन फ्लाइटसमेत स्थगित गरिएको छ।
यती एयरलाइन्सले पनि मौसमका कारण उडान ढिला वा समय परिवर्तन हुन सक्ने जनाएको छ। यात्रुलाई विमानस्थल जानुअघि वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो अवस्था बुझ्न आग्रह गरिएको छ।
उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चापसमेत बढेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्