न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङसँग भेटवार्ता गरेका छन्।
राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा आपसी हितका विषयसँगै आगामी दिनमा सहकार्यका थप क्षेत्र पहिचान गर्नेबारे पनि विचार आदानप्रदान भएको थियो।
भेटमा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे मन्त्री खनालले अस्ट्रेलियाली समकक्षीलाई जानकारी गराएका थिए। उनले बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामबारे पनि जानकारी दिएका थिए।
विपद्का बेला अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि खनालले धन्यवाद व्यक्त गरेका थिए।
दुवै मन्त्रीले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल गरेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्