|
२०८३ आश्विन ९
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायुजन्य विपद्को जोखिम घटाउन नेपाल, भारत र चीनबीच हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न प्रस्ताव गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले हिमतालको जोखिम पहिचान, भूउपग्रहबाट प्राप्त तथ्यांक आदानप्रदान र पूर्वचेतावनी प्रणालीलाई प्रभावकारी बनाउन तीन देशबीच सहकार्य आवश्यक रहेको बताए।
उनले विपद्का बेला सीमापार समन्वय बढाउँदै हिमालय क्षेत्रलाई अन्तर्राष्ट्रिय सहकार्यको साझा प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्