|
२०८३ आश्विन ५
काठमाडौं । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरी रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले आइतबार राति मलाही टोलमा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्