रास्वपा सचिवालय बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा पार्टीका पदाधिकारी तथा सचिवालय सदस्यहरू सहभागी छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै पार्टीसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय विकसित राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै पार्टीको आगामी रणनीति तथा गतिविधिबारे पनि बैठकमा छलफल हुन सक्ने बताइएको छ ।

बैठकमा पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषय तथा आगामी दिनमा पार्टीले लिनुपर्ने कदमलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बैठकपछि छलफलका विषय र निर्णयबारे थप जानकारी आउने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *