धनकुटामा जिप दुर्घटना, एक जनाको मृत्यु, १० जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा छथरजोरपाटी–३ की ६० वर्षीया शोकमाया लिम्बू रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को १ ज २४९४ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जिप सडकसम्म निकाल्ने पहल भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

समाचारलाई अझ उपयोगी बनाउने

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *