|
२०८३ आश्विन ३
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु हुँदैछ। असोज ३ र ४ गते हुने वडा अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार जिल्ला निर्वाचन अधिकृतले स्थानीय पार्टी नेतृत्वसँग आवश्यक छलफल गरी मतदान अधिकृत खटाउनेलगायत तयारी पूरा गरेका छन्। समितिले क्रियाशील सदस्य तथा पार्टीका नेता–कार्यकर्तालाई अफवाहमा नलागी अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्