काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान साढे ११ बजेपछि बैठक सुरु भएको हो । बैठकमा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।
भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
यसअघि भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा १० बुँदे सङ्कल्प गरेको थियो ।
त्यसपछि भदौ १५ गते बसेको दोस्रो तहको सर्वदलीय बैठकले उक्त १० बुँदे सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाका नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायत नेताहरू सहभागी छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्