‘नेपालको विदेश नीति राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २७

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकतालाई प्राथमिकतामा राखेर विदेश नीति सञ्चालन गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै उनले नेपाल–चीन सम्बन्धलाई थप प्रभावकारी बनाउन सहमति भएका परियोजना कार्यान्वयनदेखि विज्ञान–प्रविधि र डिजिटल सम्पर्क विस्तारसम्ममा सहकार्य आवश्यक रहेको बताए।

नेपाल र चीनबीचको ७१ वर्षे कूटनीतिक सम्बन्धलाई समीक्षा गर्दै खनालले आगामी दिनमा सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *