काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायत ठूला पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने विषयमा उद्योगपतिहरूसँग छलफल गरेका छन्।
पौने दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी भित्र्याउन सरकारले आवश्यक सहजीकरण गर्ने र अप्ठ्यारा कानुन संशोधन गर्नसमेत तयार रहेको बताएका थिए।
आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार प्रधानमन्त्रीको प्राथमिकता ठूला आयोजनामा निजी लगानी भित्र्याउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा केन्द्रित थियो।
गोल्यान ग्रुपका संस्थापक पवन गोल्यानका अनुसार प्रधानमन्त्रीले निजी क्षेत्रले निजगढ विमानस्थल निर्माण गर्न सक्छ कि सक्दैन भनेर जिज्ञासा राखेका थिए। व्यवसायीहरूले निजी क्षेत्र मिलेर निर्माण गर्न सक्ने जवाफ दिएका थिए।
छलफलमा उद्योगपति विनोद चौधरी, चन्द्र ढकाल, उमेश श्रेष्ठ र पवन गोल्यान सहभागी थिए। व्यवसायी मीनबहादुर गुरुङलाई आमन्त्रण गरिए पनि स्वास्थ्यका कारण उनी उपस्थित हुन सकेनन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्