काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्न माग गरेका छन्।
भदौ २४ नेपालको इतिहासकै रहस्यमय र भयानक विध्वंसको दिन भएको उल्लेख गर्दै प्रचण्डले घटनाका वास्तविक दोषी पहिचान गरी कारबाही गर्नुपर्ने बताएका हुन्।
भिडियो सन्देश जारी गर्दै उनले भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ को घटनाले प्रतिनिधित्व नगरेको दाबी गरे। बरु जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गर्दै आन्दोलनलाई ‘अपहरण’ गरिएको उनको आरोप छ।
प्रचण्डले घटनाको राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको भन्दै वर्तमान भूराजनीतिक अवस्थालाई समेत ध्यानमा राखेर अनुसन्धान गर्नुपर्ने बताए।
उनले एक वर्ष बितिसक्दा पनि घटनाको सत्यतथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत कार्यान्वयनमा नआएको भन्दै असन्तुष्टि जनाएका छन्।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्