काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलाएको अनफलो अभियानको नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रतिवाद गरेकी छिन् ।
ओलीको सामाजिक सञ्जाल फेसबूकमा अनफलो अभियान चलाइएपछि झाँक्रीले सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया दिएकी हुन् ।
‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ झाँक्रीले लेखेकी छिन् । ओलीको पेज अनफलो अभियान चलाइएपछि नेकपा एमालेका कार्यकर्ता पनि बालेनविरुद्ध आक्रोशित बनेका छन् । यसैबीच एमाले बैठकले महानगर क्षेत्रका नदी आसपासको नापीनक्साबारे सर्वोच्चबाट भएको फैसला पुनरवलोकनका लागि आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया