|
भदौ ६, २०८३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशको २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले आलमगीरको नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह हुने विश्वास व्यक्त गरेका छन् । साथै, नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन् ।
राष्ट्रपति पौडेलले दुई देशका जनताबीच रहेको आत्मीय तथा जनस्तरको सम्बन्धसहित नेपाल–बङ्गलादेशबीचको बहुआयामिक सहकार्यलाई अझ विस्तार र प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्