काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम समुदाय तथा नेपाली दाजुभाइ-दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपालजस्तो बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देशमा विविधताबीचको एकताले राष्ट्रिय सद्भाव अझ मजबुत बनाउने बताएका छन् । शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले इद–उल–अज्हाले आपसी प्रेम, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपतिले यस्ता पर्वले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै समाजमा आपसी सम्मान र सहअस्तित्व कायम गर्न प्रेरणा दिने उल्लेख गरेका छन् । साथै उनले सबै नेपालीलाई राष्ट्रिय एकता र समृद्धिको अभियानमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा समेत व्यक्त गरेका छन् ।
मुस्लिम समुदायले बकर इदका अवसरमा नमाज अदा गर्दै शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक पर्व मनाउने परम्परा रहेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्