बालिका हत्या घटनापछि सिमराका प्रहरी अधिकारीमाथि कारबाही

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ५

काठमाडौं । बारा जिल्लाको सिमरास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।

क्षेत्रीको स्थानमा डीएसपी दयाकृष्ण भट्टलाई सिमराको प्रहरी प्रमुखका रूपमा पठाइएको छ। भट्ट यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।

प्रहरी प्रधान कार्यालयले सिमरा क्षेत्रमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई समेत जिम्मेवारीबाट हटाएको जनाएको छ।

जितपुर–सिमरा उपमहानगरपालिकामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि स्थानीयस्तरमा प्रहरीप्रति व्यापक असन्तुष्टि देखिएको थियो। घटनामा प्रहरीले समयमै आवश्यक कदम नचालेको आरोप लगाउँदै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए।

बुधबारदेखि सुरु भएको प्रदर्शनका क्रममा स्थानीयले घटनाको निष्पक्ष छानबिनसँगै प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाएका थिए। त्यसपछि प्रहरी नेतृत्वले सिमरामा कार्यरत अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *