|
२०८२ कार्तिक ९
काठमाडौं : अत्यधिक चिसोका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानीलाई सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ। हिमपात र तापक्रम माइनसमा पुगेपछि चौकीमा कार्यरत प्रहरीलाई अस्थायी रूपमा ६ महिनाका लागि सिमकोट फिर्ता बोलाइएको हो।
गत असोज २४ र २५ गते परेको बाक्लो हिमपातपछि चिसो अत्यधिक बढेको र धारामा पानी समेत जम्ने अवस्था आएपछि सुरक्षाकर्मीलाई काम गर्न कठिन भएको प्रहरी नायब निरीक्षक नरबहादुर चन्दले बताए।
तेइस जनाको दरबन्दी रहेको चौकीमा हाल १४ जना प्रहरी कार्यरत थिए। प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार चिसोले जनजीवन कठिन बनेकाले सुरक्षाकर्मीको सुरक्षाका लागि चौकी अस्थायी रूपमा सदरमुकाम सारिएको हो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्