|
२०८२ आश्विन २०
भोजपुर । भोजपुरमा लगातारको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ ।
बाला लाग्ने बेला भएको धान लडेपछि किसान चिन्तित बनेका छन् ।
जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भएपनि यसपटक वर्षा र हावाहुरीका कारण धानबाली क्षति पुगेको किसानको भनाइ छ । जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ ।
जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ । वर्षासँगै आएको हावाले धानबालीमा क्षति पुर्याएको भोजपुर नगरपालिका ५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताएका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्