ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २९

काठमाडौँ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ।

निगमका अनुसार बजारमा ग्यासको आपूर्ति बढाइए पनि केही व्यवसायले ठूलो परिमाणमा सिलिन्डर थुपार्दा सर्वसाधारणले सहज रूपमा ग्यास पाउन कठिनाइ भएको छ। अनावश्यक मौज्दात भेटिए कानुनअनुसार कारबाही गर्ने निगमले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *