|
२०८३ श्रावण २३
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धि कमजोर पार्ने प्रयास भए ‘अग्रगामी मोर्चा’ले सशक्त प्रतिरोध गर्ने बताएका छन्।
काठमाडौंमा मोर्चा घोषणा कार्यक्रममा बोल्दै परियारले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताए। उनले सरकारलाई जनताको अभिभावक नभई सेवकका रूपमा काम गर्न सुझाव दिए।
गरिब, मजदुर, सुकुम्वासी तथा उत्पीडित समुदायका मुद्दालाई सडक र सदनमार्फत उठाउने प्रतिबद्धता जनाउँदै उनले संविधानका उपलब्धि संरक्षणका लागि निरन्तर खबरदारी गर्ने बताए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्